दफा ९
गिरफ्तारी र कब्जाको प्रतिवेदन दिनु पर्ने
यस ऐन अन्तर्गत कसैलाई गिरफ्तार गरेको वा कुनै स्थानमा खानतलासी गरेको वा कुनै सामान कब्जा गरेकोमा अन्तशुल्क अधिकारीले सो कुराको प्रतिवेदन चौबीस घण्टाभित्र छिटो साधनद्वारा आफूभन्दा एक तह माथिको अधिकारी समक्ष पठाउनु पर्नेछ ।